इलाम । इलाममा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्।
माई नगरपालिका–६ का दिल कुमार राईले आफ्नै छोरा जीवन राईको हत्या गरेका हुन्। घरझगडाका क्रममा दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए। घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनाको जानकारी हुनासाथ प्रहरीले खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।