भीमदत्त नगरपालिकाका प्रवक्ता खड्का मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार  ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको आशंका गरिएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।