आत्मदाह प्रयास गर्ने न्यायाधीश पत्नी पुनः पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

मंगलबार बिहान सर्वोच्चको गेटमा पुगेर विरोध प्रदर्शनको प्रयास गरेकी ३९ वर्षीया रावललाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार आरतीले सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्।