दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।

बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी दुई करोड नगदसहित उनलाई पक्राउ गरेको हो । उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ ।