गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । गायक वैद्यको ७७ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिकले बतायो ।