प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् ।

असंलग्न राष्ट्रहरूको आन्दोलन नामको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कन लागेका हुन् ।

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उहाँ नेपाली टोली सहित गएका थिए ।