बागमती प्रदेशमा रोजगारीको अवसर, लोक सेवाले खोल्यो विज्ञापन

काठमाडौं। बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ पाँचौ तहका लागि बिज्ञापन खुला गरेको छ।

आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फ पाँचौं तहका खुला तथा समावेशी तर्फका लागि बिज्ञापन खुला गरेको हो।

आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार ११३ जनाका लागि दरखास्त आह्वान गरेको छ। माग भएका पदमा सोमबारदेखि नै दरखास्त बुझाउन सकिनेछ। दरखास्त बुझाउने अन्तिम मिति आगामी माघ २८ गते सम्मलाई छ।