काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही स्थानमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणले आज सूचना जारी गर्दै प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।