प्रहरीका असईलगायत कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए बर्खास्त गरिने

काठमाडौं। नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।प्रहरी सहायक निरीक्षक ९असई०देखि प्रहरी कार्यालय सहयोगीलगायत २४ जना सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा ३ जना असई छन्। यस्तै, २ जना प्रहरी सहायक हवल्दार छन्। प्रहरी प्राविधिक जवान ३ जना र १५ जना प्रहरी जवान सम्पर्कविहीन छन्। यस्तै, १ जना प्रहरी कार्यालय सहयोगी पनि सम्पर्कविहीन रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीहरुलाई ७ दिनभित्र हाजिर हुन भनेको छ। ७ दिनसम्म हाजिर नभएको प्रहरी नियमावलीअनुसार सेवाबाट कारबाही हुने जनाइएको छ।