बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए।

पीडितका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र रोजगारीको व्यवस्था पनि गरिएको उनले बताए।