काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अधिकाश प्रतिवादीहरु सर्वोच्च अदालत पुगेका छन्।
थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ। आफूलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।
जिल्ला अदालत काठमाडौले थुनामा पठाएपछि पाण्डे उच्च अदालत पाटन पुुुगेका थिए । उच्च अदालत पाटनले पनि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेपछि उनी सर्वोच्च पुगेका छन् । पाण्डे अघि अन्य थुनामा रहेका प्रतिवादीहरु सर्वोच्च पुगिसकेका छन् । उनीहरुको मुद्दामा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ। पाण्डेको मुद्दामा पनि सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।
उच्चको आदेशले थुनामा रहेकामध्ये अधिकांश प्रतिवादीहरुले वेरितको निवेदन दर्ता गराएका हुन्। उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा उनीहरु सर्वोच्च पुगेका हुन्। यदि सर्वोच्चले उनीहरुलाई थुनामा राख्ने निर्णय सदर गरेमा भने मुद्दाको किनारा नभएसम्म थुनामै बिताउनुपर्ने छ।
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश सदर गर्दै अभियुक्तमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो।


























