एजेन्सी । बंगलादेशको एक रेष्टुरेन्टमा भिषण आगलागी हुँदा करिब ४३ जना मानिसको ज्यान गएको छ । बिबिसीको अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति आगलागी भएको हो ।
ज्यान गुमाउनेमा महिला र बालबालिका समेत छन् । रेस्टुरेन्ट रहेको भवन सात तलाको छ। यसमा धेरै रेस्टुरेन्ट, कपडा पसल र फोन पसलहरू छन् ।
आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको छ ।