राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डीपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने तयारी रहेको राष्ट्रपतिलाई जानकारी दिन रहेको छ ।