काठमाडौं । त्रिशूली नदीमा बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जिवितै उद्धार गरिएको छ।
धादिङको पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको थियो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।