धादिङ बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या सात पुग्यो

काठमाडौं।धादिङको पृथ्वीराजमार्गमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस बिहान त्रिशुली नदीमा खसेको थियो।

दुर्घटनामा एक जना महिला सहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए।

दुर्घटनामा ३७ जनाको उद्धार गरिएको थयो। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

बस चालक रुपन्देहीका हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।