राष्ट्र बैंकले बजारबाट ५० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब तान्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने भएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।साँवा र ब्याज भुक्तानी चैत ८ गते निर्धारण हुने भएको छ ।