रूस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’अनिवार्य : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका लागि नेपालीहरु रूसी सेनामा भर्ती हुन रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् । वैदेशिक रोजगारीका लागि नेपालीहरु रूसी सेनामा भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइ सकेको समेत प्रधामन्त्री प्रचण्डले बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल अघि बढाइएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्न सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको बताए ।