काठमाडौं। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई अध्यक्षको हुन नसक्ने निर्णय गरेको छ । आयोगले चौधरीको पार्टी सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष कायम रहने निर्णय गरेको हो ।
टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए।
आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनि प्रश्न गरेको थियो। गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए।