काठमाडौं। सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।
गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करी प्रकरण छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलार्इ प्रतिबेदन बुझाउन लागेको हो ।
आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै छ। गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।