काठमाडौं। ललितपुरमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२६ मा दुई समुहबीच आइतबार राति झडपको क्रममा छुरा प्रहार हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।
पूजन राई र रोबस राईको मृत्यु भएको प्रहरीले जनाएक छ । राती घाइते भएका दुवैलाई अस्पताल लगेपछि मात्रै प्रहरीले खबर पाएको थियो। खबरपछि रातिनै १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
छुरा प्रहारबाट एक जनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले राति नै सीसीटीभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो।