बझाङमा मतगणना १ बजेदेखि शुरु हुने

काठमाडौं । बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि शुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क)को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो । बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ ।