काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले प्रतिक्रिया दिएको छ।
दूतावासले अमेरिकी कानुन अनुसार व्यक्तिगत भिसाका मुद्दाहरूमा टिप्पणी गर्न नमिल्ने बताएको हो।
भिसा रेकर्डहरू अमेरिकी कानुन अन्तर्गत गोप्य रहने भएकाले केही भन्न नमिल्ने दूतावासले जनाएको छ।
विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा दूतावासले अस्वीकृत गरेको हो।