प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्डले कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवादबारे छलफल गर्ने उद्देश्यले देउवा निवास पुगेका हुन्।
जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ, तर अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्था छ। यस अवस्थामा, प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासमा लिन देउवा निवासमा भेट गरेका हुन्।