मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहबाट लुटपाट

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१मा हतियारधारी समूहले लुटपाट गरेका छन् ।

गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा टिप्नु गएको बेलामा लुटपाट भएको हो ।

हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहनालगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि प्रहरी टोली पठाएको जानकारी दिए ।