काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा ४ वटा सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार एक किशोरको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
काठमाडौंबाट प्यूठान आउदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुवाहक बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवास आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकआपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको हाे।