परमादेशबाट मुख्यमन्त्री नियुक्त हुँदै सुरेन्द्रराज पाण्डे

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र कुमार रेग्मीको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।