सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
गएराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो।
दुर्घटना भएको सूचना पाएपछि प्रहरी दुर्घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माले बताए।
उनका अनुसार जिप अन्दाजी ४ सय मिटर तल खसेको छ।मृतकको सनाखत भइसकेको छैन।