काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंका तीन प्रहरी वृत्त ९बौद्ध, गौशाला र महाराजगञ्ज०को अनुगमन गरेका छन् ।
गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्त प्रमुखलाई निर्देशन दिएका छन् ।
गएराति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोगलगायका समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका थिए ।
उनले उजुरीरजाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे जानकारी लिए ।