ताप्लेजुङ। गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम, तिङ्दुमा बाढीमा परेर एकै परिवारका चार जनाको निधन भएको छ।
बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका ७० वर्षीय बुवा रामबहादुर लिम्बु, ५० वर्षीया आमा जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गंगा र जमुनाको निधन भएको हो।
पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरहेको प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घर सहित ४ जना मानिस र ७० ओटा भन्दा बढी पशुचौपाया बगाएको हो ।