लगातारको वर्षाले पहिरो जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध

काठमाडौं। लगातार आएको अविरल वर्षापछि खसेको पहिरोले जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्लाको पाटन नगरपालिका-८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको छ । यही असार २२ गते सिगास गाउँपालिका–९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग गएरातिदेखि सञ्चालन भएको थियो ।