काठमाडौं– प्रधानमन्त्री केपी ओलीले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् ।
इन्टरनेसनल क्रिकेट काउन्सिल ९आईसीसी०ले यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्’, यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएको छ, बधाई नेपाली ।