काठमाडौं । नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन जारी गरेको छ ।
प्रधान कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । सूचनामा कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाइ हाजिर हुन भनिएको छ ।

































