विश्वभाषा क्याम्पसमा भर्ना खुल्यो

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ ।

क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो ।

यी मध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरूले पुस १६ देखि पुस २६ गतेभित्र फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

अंग्रेजीबाहेक सबै भाषाका लागि एसएलसी वा एसीसीमा कम्तीमा सी ग्रेड ल्याएर उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै अंग्रेजी लेखनका लागि स्नातक उत्तीर्ण हुनुपर्नेछ ।