एसईई परीक्षा चैत १५ गतेबाट सञ्चालन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ। एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो।

आइतवार बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो।

परीक्षा बोर्डका अनुसार यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन्।