तनहुँ। तनहुँ सदरमुकाम दमौलीमा गएराति भीषण आगलागी भएको छ ।
व्यास नगरपालिका–३ मुख्यचोकको सटरमा गएराति आगलागी भएको थियो ।
आगलागीका कारण करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् ।आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।
तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।