काठमाडौंमा मृत भेटिए एक पुरुष

काठमाडौं । काठमाडौंको थलीमा एकजना पुरुष मृत भेटिएका छन् । करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।