काठमाडौं। सहकारी पीडित बचतकर्ताहरूले फेरि आन्दोलन सुरु गर्ने भएका छन् ।
यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।
आज ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने महासंघका अध्यक्ष कुशलव केसीले बताएका छन् ।