विमानस्थलबाट ७० ग्राम सुनसहित महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ की ४० वर्षीया मैया बुढाथोकी हुन्। उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो।