नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसीको विदाइ समारोह

नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसीको विदाइ समारोह हालै सम्पन्न भएको छ। उनले अध्यक्षको रूपमा २ वर्षको कार्यकाल पूरा गरेपछि बोर्डबाट बिदा लिएका छन्। केसीलाई २०७९ साउन ९ गते बोर्ड अध्यक्षमा नियुक्त गरिएको थियो र उनकाे कार्यकाल मंगलबार समाप्त भएको थियो।

बिहीबार बोर्डको हलमा आयोजित विशेष समारोहमा भुवन केसीलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको छ। सो अवसरमा उनका २ वर्षे कार्यकालका प्रमुख उपलब्धिहरू समेटिएको पुस्तक पनि विमोचन गरिएको थियो। यस पुस्तकमा उनका कार्यकालका दौरानको प्रमुख काम, परियोजनाहरू र योगदानहरूलाई समेटिएको छ।

भुवन केसीको कार्यकालको दौरान चलचित्र उद्योगको विकासमा योगदान दिने प्रयास गरिएको र विभिन्न पहलहरूको कार्यान्वयन भएको भन्दै उनका प्रयासहरूको सराहना गरिएको छ।