चर्चित धर्मगुरु भनिने पुष्कर खतिवडा धुम्बाराहीबाट पक्राउ

काठमाण्डाै – सामाजिक सञ्जालमा चर्चित धर्मगुरु भनिने पुष्कर खतिवडा काठमाण्डौको धुम्बाराहीबाट पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर यमराजको अनुष्ठान गर्दै गर्दा खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

देशलाई बरबाद बनाउने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए । उनले सामाजिक सद्भावमा खलल पुर्‍याएको र कानुन विपरीत काम गरेको प्रहरीले जनाएको छ ।