सुनसरी — धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङबीच ३ बुँदे सहमति भएको छ । तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार भएको ६ घण्टा लामो वार्तापछि सहमति भएको हो ।
खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । सोमबार सर्वदलीय बैठक बसेर पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने उनीहरुले जनाएका छन् ।






























