पहिराका कारण अवरुद्ध राजमार्ग खुल्यो

बैतडी – लगातारको वर्षापछि खसेको पहिराका कारण अवरुद्ध बनेको खोडपे–बझाङ जयपृथ्वी राजमार्ग खुलेको छ ।

सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाइपछि यातायात सञ्चालन भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै  सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।