क्यानबेरा– अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको होटलको छतमा सोमबार बिहान हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
































