हेटौंडा उपमहानगरसँग ८ बुँदे सहमति

३२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकासँग ८ बुँदामा सहमतिसँगै  व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

शुक्रबार भएको छलफलमा उपमहानगरले मकवानपुर उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थाहरुले उठाएका विषय आगामी नगरसभाबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

मउवा संघबाट आर्थिक वर्ष २०८१/८२ को करका दरको सम्बन्धमा १८ साउनमा बुझाएको पन पत्र र ३२ गते वार्ताको क्रममा पेश भएका मागका सम्बन्धमा ८ बुँदामा समझदारी गरिएको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यससँगै कर वृद्धिको विरोधमा १० दिनदेखि चलिरहेको आन्दोलन स्थगित गरिएको मउवा संघका उपाध्यक्ष उज्वल चौलागाईंले जानकारी दिए ।