काठमाडौँ । अभिनेता राजेश हमाल र सरोज खनाल ३० वर्षपछि फेरि एकसाथ देखिने भएका छन् । ‘नरसिंहा अवतार’ मा दुवै एकसाथ देखिन लागेका हुन् ।
तीन दशक अगाडि यी दुवै अभिनेताले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा सहकार्य गरेका थिए । दुवैको सहकार्य रहेको पछिल्लो फिल्म ‘चाहना’ २०५१ मा प्रदर्शनमा आएको थियो ।हमाल करिब ८ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन गर्दैछन् । हमाल पछिल्लोपटक ‘सकुन्तला’मा देखिएका थिए । सरोज भने पछिल्लो समय अभिनय र निर्देशनमा सक्रिय छन् ।
नरसिंहा अवतार’ दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्ममा राजेश र सरोजको अलवा नीति शाह, सनिशा भट्टराई, स्वस्तिामा खड्काको अभिनय छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको बजेट तीन करोड बताइएको छ । यही भदौ अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।