सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–४ आज शंकास्पद वस्तु फेला परेको जिल्ला सुरक्षा समितिको बैठकमा सुरक्षा व्यवस्थालाई चुस्त एवं प्रभावकारी बनाउनेबारे छलफल गरिएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका–४, स्थित घर अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान निष्क्रिय बनाएको छ ।
उनले भने, “घटनास्थलमा कुनै पर्चा पम्प्लेट भेटिएको छैन, घटना शंकास्पद रहेको छ । फेला परेको उक्त वस्तु बम हो होइन भन्नेमा छानबिन भइरहेको छ, साँझसम्म पुष्टि भइसकेको छैन ।”
गए राति १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको सूचना पाएपछि राति नै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घरमा पूर्वप्रधानमन्त्री देउवाका भतिजा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा बस्दै आएका छन् ।