पृथ्वीसुब्बा गुरुङलाईलाई सचेत गराए प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौँ । मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन् ।

शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।

मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको स्पष्ट गरेका हुन् ।

उनले भने, ‘मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो । गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको विषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराएँ ।’

भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने आफूले पनि महसुस गरेको मन्त्री गुरुङले बताए ।