मंगल ग्रहमा नयाँ मिसन

न्यूयोर्क । नासाले शुक्रबार मंगल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने जानकारी गराएको छ ।

एस्केपेड मिसनले मंगल ग्रहको चुम्बकीय वातावरणसँग अन्तर्किया र ग्रहको वायुमण्डलीय अवस्थाको अध्ययन गर्न दुई अन्तरिक्ष यान प्रयोग गर्नेछ ।

नासाले लागत, तालिका र प्राविधिक चुनौतिहरूबाट बच्नका लागि यो मिसनमा ढिलाई गरेको जनाएको छ ।