खोज तथा उद्धार र राहत कार्यमा सबै सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डु – अविरल वर्षासँगैको बाढीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत कार्यमा परिचालन हुन सबै सुरक्षा निकायलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

शनिबार केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लेखकले सुरक्षा निकायलाई निर्देशन दिए ।

गृह मन्त्रालयले भोलि आईतबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिमयुक्त अवस्थामा रहेकालाई सुरक्षित स्थानमा जान, सम्भावित जोखिममा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग र समन्वय गर्न, विपद्को घटना घटेमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।