काठमाण्डु – कीर्ते कागजात बनाएर सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले सिफारिस गरेको छ ।
प्रेस काउन्सिलले दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्यूज डटकमको नाममा परिचयपत्र, कार्यअनुभवपत्र लगायतका नक्कली कागजपत्र बनाएर कीर्ते गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।
विभिन्न नक्कली कागजात बनाएर अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषय भारतको नयाँदिल्लीस्थित अष्ट्रेलियन दूतावासले जानकारी उल्लेख गर्दै दोषीउपर कारबाही गर्न नेपाल प्रहरी, उपत्यका प्रहरी कार्यालय काठमाण्डुमा पत्राचार गरिएको प्रेस काउन्सिलद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ ।
































